शङ्काले उब्जाएको द्वन्द्व
gorkhapatraonline.com · Wed May 20 01:39:03 GMT 2026

चलचित्र मालती मङ्गले मूलतः श्रीमान् र श्रीमतीबिच उत्पन्न हुने अविश्वास, संवादहीनता र त्यसले निम्त्याउने मानसिक सङ्कटलाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक–मनोवैज्ञानिक चलचित्र हो । सामान्य पारिवारिक कथाभित्र शङ्काको एउटा सानो बिउले कुन तहसम्मको विनाशकारी रूप लिन सक्छ र त्यसले वैवाहिक सम्बन्धको जग नै कसरी हल्लाइदिन्छ भन्ने कुरालाई चलचित्रले सूक्ष्म रूपमा बुन्ने प्रयास गरेको छ ।
चलचित्रको कथाका दुई मुख्य पात्र मङ्गलप्रसाद अधिकारी (विजय बराल) र कमला थापा (वर्षा राउत) को वरिपरि घुम्छ । मङ्गलको जीवनमा सुखदुःखको सारथि, सल्लाहकार र आत्मीय मित्र हरिप्रसाद अधिकारी (मेक्सम गौडेल) देखिनुभएको छ । मङ्गल आफ्ना हरेक भावना, समस्या र सङ्कोच खुलेर हरिप्रसादसँग मात्र साट्नुहुन्छ, जसले उहाँहरूको बलियो साथीत्वको सम्बन्धलाई प्रस्ट्याउँछ । कथाको पृष्ठभूमि ग्रामीण परिवेशको छ, जहाँ श्यामश्वेत दूरदर्शनमा दुई/तीन रुपियाँ उठाएर गाउँलेलाई चलचित्र देखाउने चलन हुन्थ्यो । हलमा महिला र पुरुषलाई छुट्टाछुट्टै राखेर चलचित्र देखाउने त्यही परम्परागत र सरल वातावरणभित्रै मङ्गले र कमलाको प्रेमको अङ्कुरण हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)