खामेनेईको अन्त्येष्टिमा हजारौँ, १४ महिनाकी नातिनीको शवपेटिकाले तान्यो ध्यान
kalakarmi.com · Sat Jul 04 06:56:09 GMT 2026
तेहरान- इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्त्येष्टिका लागि शुक्रवार राजधानी तेहरानमा हजारौँ नागरिक भेला भएका छन् । उनको शवलाई इस्लामिक गणतन्त्र इरानको राष्ट्रिय झण्डाले बेरेर तथा माथि कालो पगडी राखेर श्रद्धाञ्जलिका लागि सार्वजनिक रूपमा राखिएको थियो ।
खामेनेईसँगै उनका परिवारका अन्य दिवंगत सदस्यहरूको शव पनि राखिएको थियो । तीमध्ये १४ महिनाकी नातिनी जहरा मोहम्मदी गोलपायेगानीको सानो शवपेटिकाले विशेष ध्यान तानेको थियो । उनको शवपेटिका पनि इरानी राष्ट्रिय झण्डाले बेरेर तस्वीरसहित राखिएको थियो । इरानी सञ्चारमाध्यमका अनुसार जहरा मोहम्मदी गोलपायेगानीको गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमणका क्रममा परिवारका अन्य सदस्यहरूसँगै मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)