मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्राहकको पर्खाइमा रामघाटको तरबुजा

rajdhanidaily.com · Fri May 23 23:34:15 GMT 2025

कपिलवस्तु । बाणगंगा नदी किनारको हरियाली छिचोलेर जब तपाईँ बुद्धभूमि नगरपालिका–१० स्थित रामघाट पुग्नुहुन्छ, आँखा अगाडि फिँजिएका फाँटहरूले तपाईँलाई लोभ्याउँछ। यही उर्वर जमिनमा अहिले तरबुजाको सिजन चलिरहेको छ। मोतिनगर, चेतरादेई र भगवानपुरका झन्डै तीन दर्जन कृषकले आफ्नो पसिनाले यो भू–भागलाई फलाउने कोसिस गरेका छन्। वर्षौँदेखि बगरे खेती गर्दै आएका किसानले तरबुजा उत्पादनको मुख्य सिजन चलिरहँदा पनि आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।

मोतिनगरका किसान गंगासागर केवट खेतको छेउमा उभिएर भन्छन्, “हामीले ताइवानी जातदेखि नेपाली जातसम्म तीनथरिका तरबुजा फलाएका छौँ। मेहनत ग¥यौँ, ऋण लियौँ, तर अहिले त्यो सबै खेतमै थन्किएको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)