मकवानपुरमा दार पकेट क्षेत्र घोषणा
ratopati.com · Thu Sep 07 22:26:00 GMT 2023
मनहरी । मकवानपुरमा पहिलो पटक दार पकेट क्षेत्र घोषणा गरिएको छ । भीमफेदी गाउँपालिका–१ मा रहेको दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूहको करिब दुई हेक्टर क्षेत्रफल जमिनमा एक हजार चार सय ५० वटा दारको बिरुवा रोप्ने लक्ष्य लिइएर पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।
डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा भएको दार वृक्षरोपणअन्तर्गत पहिलो चरणमा आठ सय वटा विरुवा र दोस्रो चरणमा छ सय ५० वटा विरुवा रोप्ने कार्यक्रम रहेको आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)