मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मिसेस वल्र्डमा नेपाललार्ई ह्युमनिटेरियन अवार्ड

rajdhanidaily.com · Mon Jan 29 23:55:07 GMT 2024

काठमाडौं । अमेरिकाको लास भेगासमा सम्पन्न ‘मिसेस वल्र्ड–२०२३’को उपाधि जर्मनी महिला जुलिया क्यारोलिनले जितेकी छिन् । विश्वका ५७ भन्दा बढी देशका महिलाहरुको सहभागिता रहेको यो प्रतियोगिताको अन्तिम चरण लागि विभिन्न ३८ देशका महिलाहरुले प्रवेश पाएका थिए । यिनै ३८ देशका महिलाबाट जुलियाले यो उपाधि जितेकी हुन् । मेडिकल डक्टर समेत रहेकी जुलियाले बालबालिका र जेष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छिन् ।

यो प्रतियोगिताको सेमि फाईनलसम्म पुगेको नेपालको पोल्टामा ह्युमनिटेरियन अवार्ड परेको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी मिसेस नेपाल वल्र्ड पृथ्बीया थापाले मिसेस वल्र्डमा ह्युमनिटेरियन अवार्ड जितेकी हुन् । मिसेस वल्र्डमा शिर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा आफुले ह्युमनिटेरियन जित्न सफल भएको पृथ्वीयाले बताएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)