फरारले समेत लिए शपथ
ekantipur.com · Fri Dec 23 01:01:01 GMT 2022
काठमाडौँ — हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी र भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेसका सांसद टेकबहादुर गुरुङले समेत बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् । नवनिर्वाचित अरू सांसदसँगै उनीहरूले जेष्ठ सदस्य पशुपतिशमशेर जबराबाट बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका हुन् ।
महोत्तरी १ बाट निर्वाचित कोइरी ०७२ को मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)