मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘डिग्री माइला : एमए थर्ड क्लास’ घोषणा

gorkhapatraonline.com · Wed Aug 16 06:37:38 GMT 2023

काठमाडौँ , साउन ३१ गते । निर्देशक रामबाबु गुरुङले नयाँ चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ घोषणा गर्नुभएको छ । आगामी नयाँ वर्षमा प्रदर्शनमा आउने चलचित्र कमेडी श्रेणीमा हुने छ । बाँसुरी फिल्म्सले बनाउने चलचित्रको स्लोगन ‘किन चाउरियो मरीच, आफ्नै रागले’ राखिएको छ । यसअघि चलचित्र आगामी दसैँमा प्रदर्शन हुने घोषणा गरिएको थियो । दयाहाङ राई निर्देशित नाटक ‘डिग्री माइला’ मा आधारित चलचित्रमा रामबाबुकै पटकथा लेखन रहने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)