मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आरोहणयाममै हिमपहिरो

ekantipur.com · Tue Sep 27 00:40:23 GMT 2022

काठमाडौं, गोरखा — मनास्लुमा सोमबार अपराह्न गएको हिमपहिरोमा परी एक नेपाली आरोहीको मृत्यु भएको छ भने कम्तीमा ६ जना गम्भीर घाइते भएका छन् । उत्तरी गोरखामा अवस्थित विश्वको आठौं अग्लो उक्त हिमाल आरोहणमा रहेको टोलीका १३ जना नेपाली शेर्पा र एक भारतीय महिला आरोही पहिरोमा परेका हुन् ।

आरोहण व्यवसायीका अनुसार मनास्लुको हिमपहिरो क्षतिका हिसाबले २०७२ वैशाख १२ मा सगरमाथामा भूकम्पसँगै गएको हिमपहिरोपछिको ठूलो हो । सात वर्षअघि सगरमाथाको हिमपहिरोमा २२ जनाको मृत्यु भएको थियो । मनास्लुमा आरोहण बढी हुने शरद्याममा यसपटक हिमपहिरो गएको हो । नेपालका हिमालमा बढीजसो हिमपहिरो वसन्तयाममा जाने गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)