झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
makalukhabar.com · Wed May 20 01:55:39 GMT 2026

वालिङ । स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको हो ।
एकपटक लगाएपछि केही वर्षसम्म उत्पादन तथा आम्दानी लिन पाइने, बजार मूल्य राम्रो रहेको र बजारीकरणमा समस्या नभएकाले अकबरे खुर्सानीखेतीमा युवको आकर्षण बढेको हो । तीन–चार वर्षअघिदेखि थोरै मात्रामा खुर्सानीखेती गर्दै आएकामा उत्पादन राम्रो भएपछि व्यावसायिक रूपमा अगाडि बढेको किसान तनबहादुर गुरुङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)