बिरामीलाई रगत जटाउन सुरक्षाकर्मीको भर
deshsanchar.com · Sat Feb 26 15:16:29 GMT 2022
सिमकोट – जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने बिरामीका लागि रगत आवश्यक परे सुरक्षाकर्मीबाट समाधान हुँदै आएको छ। अस्पतालमा ब्लड बैंक स्थापना भए पनि त्यसका लागि आवश्यक व्यवस्थापन हुन नसकेका कारण बिरामीलाई रगत आवश्यक परे सुरक्षाकर्मीको भर पर्नुपरेको छ।
बिरामी छोरालाई रगतको आवश्यकता परेपछि सुरक्षाकर्मीको शरणमा पर्नुपरेको खार्पुनाथ गाउँपालिका–४ स्थित लेख गाउँका नन्दबहादुर जेठाराले गुनासो गर्दै बिरामी बचाउने कार्यमा सुरक्षाकर्मी सहयोगी हुने बताए। उनको बिरामीले थला परेको छोरा शिवराज जेठरालाई आवश्यक रगत प्रहरीले अस्पतालमै गएर उपलब्ध गराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)