मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१० महिनामै आठ लाखभन्दा बढी पर्यटक भित्रिए

thahakhabar.com

काठमाडौं : सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि अक्टोबरसम्म सो संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार ३०६ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकले देखाएको छ। सन् २०२२ को यही अवधिमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)