सत्तासमीकरणको मर्मविपरीत पाण्डे सरकार
rajdhanidaily.com · Fri Jul 19 23:16:27 UTC 2024
पोखरा । केन्द्रमा कांग्रेस–एमालेबीच नयाँ समीकरणसँगै केपी शर्मा ओली नेतृत्वको एमाले सरकारले बागडोर सम्हालिसक्दा पनि नेकपा एमाले गण्डकी प्रदेशमा सरकारमा गइसकेको छैन । मन्त्रालय भागबन्डासहित विभिन्न सरकारी नियुक्तिमा एमालेलाई समेत स्थान दिनुपर्ने दायित्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको हो ।
तर, एमाले सरकारमा नगइसकेको मौकामा पाण्डे सरकारले विगतमा सरकार टिकाउन आफूलाई सहयोग गर्नेलाई मन्त्रालयबाट हटाउन चाहेको छैन भने धमाधम सरकारी नियुक्ति कायमै राखेको छ । प्रदेश सरकारको यो कार्य गत १७ असारमा केन्द्रमा भएको सत्तासमीकरणको मर्मविपरीत भएको भन्दै एमालेले आफ्नो ध्यानाकर्षण गराउनुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)