अब नागरिकतासँगै प्यान
gorkhapatraonline.com · Fri Nov 04 00:25:29 GMT 2022
काठमाडौँ, कात्तिक १८ गते । नागरिकता प्रदान गर्ने समयमा नै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराउने तयारी सुरु गरिएको छ । गृह मन्त्रालयसँगको समन्वयमा आन्तरिक राजस्व विभागले यस्तो तयारी थालेको हो ।
आव २०७९/८० को बजेटमा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी तयारी अगाडि बढाइएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । “नागरिकता दिने समयमा नै प्यान उपलब्ध गराउँदा मिलान गर्नुपर्ने विवरण त्यसको प्राविधिक पक्षका विषयमा अहिले छलफल भइरहेको छ,” उहाँले भन्नुभयो । विभागले बढीमा चालू आर्थिक वर्षको अन्त्यसम्म यस्तो व्यवस्था कार्यान्वयन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)