मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अगाडि आए शुक्र

ekantipur.com · Thu Dec 29 01:24:58 GMT 2022

सुनसरी — धरानस्थित गल्फ कोर्समा जारी सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक शुक्रबहादुर राई ४ स्ट्रोकको अग्रता बनाउन सफल भएका छन् । सूर्य नेपाल गल्फको यो सिजनको दोस्रो प्रतियोगिता हो ।

शुक्रले बोगीरहित ६ अन्डर ६४ को कार्ड तयार पार्दै समग्रमा १० अन्डर १ सय ३० को सानदार स्कोर बनाए । ३६ होल समाप्तिमा अग्रता बनाउने क्रममा उनले ४ अन्डर ३२ मा फ्रन्टनाइन खेले । पहिलो चार होलमा पार बचाएका उनले पाँचौं, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि उनले १२ र १५ औं होलको बर्डीको मदतमा ब्याकनाइन २ अन्डर ३२ मा पूरा गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)