भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
annapurnapost.com · Wed Nov 06 17:42:20 UTC 2024

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुञ्जे चोकमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
साँझ सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको वाग्मती प्र ०२-०२१प. ८१२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका-६ भोलाछें घर भई हाल भक्तपुर कटुञ्जे बस्ने ६९ वर्षीया विमला प्रधानांगको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)