रियलको झिनो अन्तरको जित
ekantipur.com · Sun May 14 00:39:53 GMT 2023
म्याड्रिड — रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार गेटाफेमाथि १–० को झिनो अन्तरको जित निकालेको छ । मार्को एसेसिओले खेलको एकमात्र गोल गर्दै रियलको उपाधि रक्षा गर्ने गणितीय सम्भावना कायम राखेका थिए ।
यसै साता रियलले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गर्दै छ । त्यसैलाई ध्यानमा राखेर प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्ना दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)