मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना, एन्जियोप्लास्टी सर्जरी गरियो

nepallive.com · Wed Dec 06 00:59:53 GMT 2023

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ। काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाख राष्ट्रिय हृदय केन्द्रमा मन्त्री श्रेष्ठको मुटुको सर्जरी गरिएको हो।

चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गते, गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो। त्यसपछि उनलाई चीनमै अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरुले त्यतिबेला उनको मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको भनेका थिए। चीनमा आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध भएको देखिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)