श्रम मन्त्रालयद्वारा आचारसंहिता जारी
gorkhapatraonline.com · Wed May 20 02:00:47 GMT 2026

युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि कर्मचारी आचारसंहिता, २०८३ लागु गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताको उद्देश्य कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने रहेको जनाइएको छ । रोजगारमन्त्री रामजी यादवले मन्त्रीस्तरबाट वैशाख ३१ गतेको बैठकबाट उक्त आचारसंहिता स्वीकृत गराएसँगै कार्यान्वयनमा आएको हो ।