मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘आगामी वर्षायामबाटै बंगलादेशलाई ४० मेगावाट बिजुली’

ekantipur.com · Thu Feb 01 00:55:51 GMT 2024

काठमाडौँ — बंगलादेशमा आउँदो वर्षायामबाटै ४० मेगावाट विद्युत् निर्यात गर्ने अन्तिम प्रक्रिया नेपाल सरकारले अघि बढाएको छ । बंगलादेशसँग विद्युत् व्यापारको सुरुवात नेपालको जलविद्युत् क्षेत्रमा ऐतिहासिक उपलब्धि हुनेछ । बंगलादेशले किन्ने प्रस्ताव गरेपछि नेपालले महसुल दरसहित सिलबन्दी विस्तृत विवरण पठाएको हो ।

बंगलादेश मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने निर्णय लिएको थियो । उक्त निर्णयअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्राचार गरेको थियो । बंगलादेशको पत्राचारपछि नेपाल विद्युत् प्राधिकरणका अधिकारी सिलबन्दी फाइल लिएर बंगलादेश गइसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)