मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ: परराष्ट्रमन्त्री राणा
deshsanchar.com · Wed Nov 06 18:06:57 UTC 2024

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली सङ्घमा देखापरेको सबैखाले समस्याको समाधान कानुनबमोजिम खोजिने बताएका छन्। मन्त्रालयमा आज एनआरएनएका अभियन्तासँगको छलफलमा मन्त्री राणाले भनिन्, ‘तपाईंहरू मिल्नुस्। कानुनबमोजिम अगाडि बढ्नुहोस् । मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सधैँ सहजकर्ताको भूमिका खेल्छ।’
मन्त्री राणाले एनआरएनएलाई लिएर पछिल्लो समय भइरहेको टीकाटिप्पणीप्रति नराम्रो लागेको बताउँदै सबै एकैसाथ एकताबद्ध भएर अघि बढ्न आग्रह गरीन् । एनआरएनएमा देखा परेका विचलन र आपसको मतभिन्नताले यस संस्थामार्फत देशको हितका लागि हुनुपर्ने अपेक्षित काम हुन नसकेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)