४ म्यादीको मृत्यु, ४८ बर्खास्त
ekantipur.com · Mon May 09 00:52:43 GMT 2022
काठमाडौँ — स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् ।
वैशाख ३० मा हुने निर्वाचन सुरक्षाका लागि १ लाख म्यादीलाई चैत २८ बाट एक साता सुरक्षा तालिम दिएर जिल्ला प्रहरी कार्यालय मातहत रहने गरी ४० दिनको ड्युटीमा खटाइएको छ । तिनैमध्ये सिन्धुपाल्चोकमा दुर्गासिं बस्नेत र नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको दुर्घटनामा परी ज्यान गएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार बाकेका जसबहादुर रोकाको हुम्लामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)