मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सम्झना खड्काको सम्झनयोग्य इनिङ्स : महिला एसिया कपमा नेपालको पहिलो जित

ekantipur.com · Fri Jul 19 23:23:35 UTC 2024

काठमाडौँ — महिला एसिया कप क्रिकेटमा नेपाललाई यसअघि ५० रनको स्कोरमाथि पुग्नु नै धौधौ पर्दै आएको थियो । यसअघिका दुई संस्करणका ८ खेलमा पराजय भोग्दा ६ पटक ५० रनभन्दा मुनि नै खुम्चिएको थियो नेपाल । यस्तो स्थितिमा खेलाडीको व्यक्तिगत स्कोरले अर्धशतक पार गर्नु त झनै टाढाको विषय थियो ।

सन् २०१२ मा श्रीलंकाविरुद्ध एसिया कपको पहिलो खेलमा ५८ र २०१६ मा थाइल्यान्डविरुद्ध ६३ रनको स्कोर नै नेपालले बनाएको यसअघिको उच्च स्कोर हो । व्यक्तिगत खेलाडीको हिसाबमा ज्योति पाण्डेले बनाएको १६ रन यसअघि नेपाली खेलाडीले एसिया कपमा बनाएको उच्च स्कोर थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)