लायन्स इन्टरनेसनलले खोल्यो १८ दिनमा १७ क्लब, गभर्नर थापा सम्मानित
rajdhanidaily.com · Fri Jul 19 23:21:30 UTC 2024

काठमाडौं । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ । लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब चार्टर गरेको हो । डिष्ट्रिक्ट ३२५ जे ले २६ वटा क्लब खोल्ने प्रतिबद्धता जनाएको थियो ।
कार्यकालको सुरुवातमै विश्वमा नै सबैभन्दा बढी क्लब खोल्न सफल डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा लायन्सका इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेराले ‘हाईएस्ट क्लब चार्टर अवार्ड’ बाट सम्मान गरेको डिष्ट्रिक्ट ३२५ जे का मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)