मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेललाई कोप-२९ मा उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव

deshsanchar.com · Wed Nov 06 18:13:52 UTC 2024

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव दिएका छन्।

समितिका सभापति एवम् सदस्यहरूले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेललाई भेटेर सुझाव दिएका हुन्। उनीहरूले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेका जोखिम न्यूनीकरणका सम्बन्धमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गर्दै आएका विचार सराहनीय रहेको बताएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)