केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने
Ujyaaloonline.com · Sat Jan 29 01:54:02 GMT 2022
काठमाण्डाै - केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने मौसमविद्ले बताएका छन् ।
न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने भए पनि तत्काल पानी पर्ने सम्भावना नदेखिएको उहाँको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)