बुटवल–नारायणगढ सडक विस्तार बयानब्बे प्रतिशत सम्पन्न
gorkhapatraonline.com · Fri Jun 05 02:53:33 GMT 2026

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । चौथो पटक थपिएको म्याद सकिन डेढ महिना मात्र बाँकी छँदा पूर्वी र पश्चिमी दुवै खण्डतर्फ हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ ।
२०७५ सालदेखि चीनको ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ ले ठेक्का पाएर सुरु गरेको यस ११३ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार यस खण्डको वित्तीय प्रगति ८५ प्रतिशत पुगेको छ । हालसम्म ६४ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने दाउन्नेको उकालो र पुलछेउछाउ गरी अब एक किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी छ । यस खण्डमा पर्ने २२ वटा ठुला र १२ वटा साना गरी सबै ३४ वटै पुल निर्माण भई सवारी सञ्चालनमा आइसकेका छन् । हाल बजार क्षेत्रमा सर्भिस लेन, फुटपाथ, डिभाइडर र सडक मार्किङ (साइनिङ) को काम तीव्र गतिमा भइरहेको छ । मूल्यवृद्धिका कारण बिटुमिनको केही अभाव देखिए पनि आगामी साउन ८ गतेको म्यादभित्रै काम सक्ने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)