आइसिसी महिला टी–२० विश्वकप : भुटानमाथि नेपालको फराकिलो जित
nayapatrikadaily.com · Wed Nov 24 00:37:00 GMT 2021
नेपालले आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोटमा मंगलबार भुटानमाथि आठ विकेटको जित निकालेको छ । नेपालले ६९ बलअघि नै भुटानलाई हराएको हो । दुबईस्थित आइसिसिए २ मैदानमा पहिलो ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रनको झिनो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपाली महिला टोलीले ८.३ ओभरमा दुई विकेट मात्र गुमाएर ६४ रन जोडेको छ । नेपालले प्रतिओभर ७.५२ को रेटमा ब्याटिङ गर्दैै जित हात पारेको हो ।
नेपालका प्रशिक्षक विनोद दासले लक्ष्य पछ्याएको इनिङ्समा ओपनिङमा परिवर्तन गरेका थिए । यसपटक ओपनिङ जोडीका रूपमा सीतारानामगर तथा इन्दु बर्माले सम्हाले । यसअघि हङकङविरुद्धको प्रतिस्पर्धामा इन्दु र सीताले मध्यक्रममा ब्याटिङ गरेका थिए । भुटानविरुद्ध सीता र इन्दुले पहिलो विकेटका लागि ४.२ ओभरमा ३७ रनको साझेदारी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)