म्यानचेस्टर सिटी लिड्ससँग पराजित
nepallive.com · Sun Apr 11 00:25:00 GMT 2021
काठमाडौं – लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडसँग स्तब्ध बनेको छ। म्यानचेस्टर सिटी कमजोर टिम लिड्स युनाइटेडसँग २–१ गोलअन्तरले पराजित भएको हो।
आफ्नै घरेलु मैदानमा म्यानचेस्टर सिटी १० खेलाडीमा झरेको लिड्ससँग पराजित हुन पुग्यो। लिड्सका लागि दुबै गोल स्टुआर्ट डेलासले गरे। यता, म्यानचेस्टर सिटीका लागि फेरान टोरेसले एक गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)