रानी सैन गइरहेको टोलीमाथि आक्रमण, पाँच जना घाइते
kalakarmi.com · Wed May 20 02:08:01 GMT 2026

बाजुरा- मंगलवार बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा झडप भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली अपि सैपाल हिमालको बेस क्याम्प रानी सैन भ्रमणमा गएको बेला झडप भएको हो ।
झडपका क्रममा हुम्लीले आक्रमण गर्दा पाँच जना सामान्य घाइते भएका छन् ।घाइते हुनेमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, हिमाली गाउँपालिका ३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुवँर तथा प्रहरी चौकी बिच्छ्यामा कार्यरत महेश धामी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)