नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा
ratopati.com · Wed Mar 25 19:47:47 GMT 2026

काठमाडौँ । नयाँ शैक्षिक सत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरूले तीव्रताका साथ काम गरिरहेका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आजसम्म विद्यालय तहका लागि तोकिएको लक्ष्यको ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरणको तयारी सुरु गरेको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको कामसँगै पाठ्यपुस्तक उत्पादनको नियमित जिम्मेवारीलाई जनक शिक्षा सामग्री केन्द्रले बहन गरेकाले विद्यार्थीले पाठ्यपुस्तकको अभाव खेप्नु नपर्ने सम्बद्ध अधिकारीले बताएका छन् । निजी क्षेत्रका मुद्रकले पनि तोकिएको जिम्मेवारीअनुसार सबै पाठ्यपुस्तक छपाइ भएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)