कस्तो अवस्थामा सिजरिङ डेलिभरी गर्नुपर्छ? (भिडिओ)
setopati.com · Sat Aug 13 00:11:19 GMT 2022
सामान्यत, बच्चा योनीमार्गबाट जन्मिन्छ। तर कारणवस योनीमार्गबाट बच्चा जन्माउन नसकिए वा योनीमार्गबाट भन्दा पेट चिरेर जन्माउँदा सुरक्षित हुने अवस्थामा सिजरिङको माध्यमबाट जन्माइन्छ।
आमा र बच्चा दुवैको लागि राम्रो होस् भनेर सिजरिङ डेलिभरी गराइन्छ। जस्तो, बच्चा ठूलो छ आमाको योनीमार्गबाट आउन सक्दैन अथवा बच्चाको टाउको भन्दा अगाडि साल छ, पाठेघरको मुखमा मासु पलाएको छ भने सिजरिङ गर्नुपर्छ। बच्चाले दिसा गर्यो भने, बच्चा तेर्सो भएर बसेको छ भने पनि सिजरिङ गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)