चितवनमा दुई करोडको लागतमा कोल्ड स्टोर संचालनमा
nayapatrikadaily.com · Tue Dec 20 17:07:00 GMT 2022
दूधमा आत्मनिर्भर जिल्ला चितवनमा २ सय २५ मेट्रिक टन क्षमताको सामूहिक शीत भण्डार (कोल्ड स्टोर)को समुदघाटन भएको छ । दूध तथा दुग्धपदार्थका लागि नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई, हेटौंडाको ५० प्रतिशत अनुदानमा डेरी उद्योग संघले उक्त स्टोरको निमार्ण गरेको हो ।
एक करोड ८४ लाख १८ हजार कुल लागत रहेको स्टोरलाई दुई कक्षमा विभाजन गरी ८ वटा डिफ्रिज कोल्ड रुममा विभाजन गरिएको छ । भरतपुर– १ ठिमुराका रहेको चितवन मिल्कको परिसद्मा तयार पारिएको कोल्ड स्टोरको सोमबार एक कार्यक्रमका विच नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा. उमेश दाहालले समुद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)