मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उत्साहबिनाको उद्घाटन

ekantipur.com · Sat Oct 15 01:04:54 GMT 2022

पोखरा — नवौं राष्ट्रिय खेलकुदको शुक्रबार पोखरा रंगशालामा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारासहित उपराष्ट्रपति नन्दकिशोर पुनले राष्ट्रिय खेलकुदको उद्घाटन गरे ।

३९ वर्षपछि पोखरामा राष्ट्रिय खेलकुद फर्किए पनि उत्साह भने कम देखियो । सहभागी खेलाडी, निर्णायक, खेल पदाधिकारी, विद्यार्थी, सुरक्षा निकायबाहेक स्थानीयको सहभागिता न्यून देखिएको हो । १६ हजार ५ सय सिट क्षमताको फुटबल स्टेडियम प्यारापिटमा स्थानीयको उपस्थिति निकै पातलो थियो । सुरुमा सर्वसाधारणलाई रंगशालाको मूल गेटबाटै प्रवेश नदिइएपछि कतिपय फर्किएका थिए । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीको निर्देशनपछि मात्रै सर्वसाधारणलाई उद्घाटन समारोहमा प्रवेश दिइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)