गौतमले भने - 'प्रधानमन्त्रीको आग्रहमा राजीनामा दिएँ’
ekantipur.com · Wed Aug 02 00:44:32 GMT 2023
काठमाडौँ — बाबुराम गौतमले परिस्थितिजन्य कारणले सभामुख पदबाट राजीनामा दिन बाध्य भएको बताएका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन राजीनामा दिएको उनको भनाइ छ ।
गौतमले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर मंगलबार सभामुखबाट राजीनामा दिएका हुन् । ‘प्रदेशसभालाई स्थायित्व दिने हिसाबले सभामुखबाट राजीनामा उपयुक्त लागेको छैन,’ उनले भने, ‘तर अहिलेको प्रदेशको परिवेश र जटिलताको बीचबाट निकासका लागि राजीनामा दिएको छु ।’ सोमबारसम्म गौतम आफूलाई मुख्यमन्त्री बनाए मात्रै राजीनामा दिने अडानमा थिए । तर गठबन्धन दलले भागबन्डामा कोशीको मुख्यमन्त्री कांग्रेसका लागि
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)