एमालेको संकल्प यात्रा अभियान लुम्बिनी प्रवेश, यस्तो छ आजको कार्यक्रम
nepalpress.com · Wed Dec 06 00:58:06 GMT 2023
रुपन्देही । ‘झुलाघाट-चिवाभञ्जाङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत नेकपा एमालेको शीर्ष टोली लुम्बिनी छिरेको छ । उक्त टोली मंगलबार साँझ लुम्बिनी प्रदेशको रुकुमपूर्वको कैचीमोडमा प्रवेश गरेको हो ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव पद्मा अर्यालले स्वागत गरे । आज बागलुङ हुँदै दिउँसो ३ बजे गुल्मीको वामीटक्सारमा जनसभा तय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)