आईपीएलको उद्घाटन खेलमा कोहलीको बैंग्लुरुको रोमाञ्चक जित, रोहितको मुम्बई स्तब्ध
ratopati.com
शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यारेन्जर्स बैंग्लुरुले रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति चेन्नइमा सम्पन्न खेलमा बैंग्लुरुले मुम्बईलाई २ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा बैंग्लुरुका एबी डी भिलियर्सले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ग्लेन माक्सवेलले३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिँदा वासिंगन सुन्दरले १० रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् ।
टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बई टीमले २० ओभरको खेलमा ९ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको जुन लक्ष्य बैंग्लुरुले अन्तिम बलमा ८ विकेट खर्चिएर पुरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)