क्याम्पस सञ्चालनका लागि देउसीभैलोबाट ४० लाख संकलन
ratopati.com · Wed Nov 06 20:45:00 UTC 2024

म्याग्दी । ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ संकलन गरेको छ ।
मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)