मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस जिल्ला सभापति बैठक : तलैसम्म पार्टी सक्रिय बनाउने प्रतिबद्धता

nayapatrikadaily.com · Sat Jul 08 00:25:00 GMT 2023

अनलाइन सदस्यता वितरणसँगै तल्लो तहसम्मका पार्टी संरचना सक्रिय बनाउने प्रतिबद्धतासहित कांग्रेस जिल्ला सभापतिहरूको बैठक सकिएको छ । कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार जिल्ला सभापतिहरूको दुईदिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै शनिबार सम्पन्न भएको हो । बैठकले जिल्ला संरचनामार्फत तल्लो तहसम्मलाई सक्रिय बनाउने र केन्द्रले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चितवन सभापति राजेश्वर खनालका अनुसार समग्रमा सदस्यता वितरण र नवीकरणसँगै पार्टी संरचना क्रियाशील बनाउनुपर्ने बैठकको निष्कर्ष रहेको बताए । ‘केन्द्रीय कार्यालयबाट जिल्ला हुँदै वडासम्मको कामलाई व्यवस्थित गर्ने र डिजिटलाइज रूपमा नयाँ सदस्यता र नवीकरणको काम बढ्छ,’ खनालले भने, ‘बैठक सञ्चालन गर्नेदेखि विभाग गठन, प्रशिक्षण अभियान सञ्चालनदेखि सबै कुराका लागि डेटलाइन दिइएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)