मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाटो नबन्दा सरसफाइ केन्द्र सञ्चालनमा समस्या

ratopati.com · Wed Nov 06 21:45:00 UTC 2024

तनहुँ । म्याग्दे गाउँपालिका–२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कच्ची बाटो अवरोधका रूपमा देखिएको छ ।

फोहरमैला व्यवस्थापन केन्द्रसम्म पुग्ने बाटो कच्ची हुँदा समस्या भइरहेको छ । गाउँपालिकाले गत पुस १७ गते केन्द्र सञ्चालनमा ल्याएको थियो । तर बाटोको असुविधाका कारण केन्द्र सञ्चालनमा समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)