मृत्युपछि कुन अंग कति समयसम्म प्रत्यारोपण गर्न मिल्छ ?
baahrakhari.com · Mon Mar 13 23:21:00 GMT 2023
काठमाडौं । मृत्युपछि मानिसको शरीरबाट सातवटा अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । जसमध्ये नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपणको अभ्यास भइरहेको छ । अंग प्रत्यारोपणका लागि व्यक्ति जिवित रहँदै अंगदान गर्ने प्रक्रिया छ । अकस्मात् मृत्यु भएमा पनि परिवारका सदस्यको मञ्जुरीमा व्यक्तिको अंगदान गर्न सकिन्छ ।
‘मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५’ले व्यक्तिको मस्तिष्क मृत्युपछि पनि अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्थामा विशेषज्ञ टोलीले व्यक्तिको मस्तिष्क मृत्यु भएको घोषणा गरेपछि उनको अंग अरूमा प्रत्यारोपण गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)