मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

barnanmedia.com · Wed Nov 06 21:50:12 UTC 2024

काठमाडौं, २१ कात्तिक : चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ५ सय २ ग्राम सहित कैलाली टिकापुर नगरपालिका-४ घर बताउने २३ वर्षीय एलिस ढकाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले नेपालगंजदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.प्र.०३- ००१ ख ००९९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ढकाललाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)