विराट गोल्ड कप फुटबल प्रतियोगिता: झापा विजयी
ratopati.com · Sat Apr 11 18:41:26 GMT 2026
मोरङ । विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारदेखि सुरु भएको पहिलो उद्घाटन खेलमा झापा–११ विजयी भएको छ । विराट गोल्डकप फुटबल ट्रस्टद्वारा विराटनगरको शहीद रङ्शालाको फ्लड लाइटमा (रात्रिकालीन) नकआउट आधारमा भएको पहिलो खेलमा झापाले नेपाल आर्मीलाई २–१ गोलले पराजित गरेको हो ।
झापाका खेलाडीले फागुराम थारुले खेलको १०औँ र ४४औँ मिनेटमा गोल गरेका थिए भने आर्मीका तर्फबाट खेलको २३औँ मिनेटमा नवीन लामाले एक गोल फर्काएका थिए । शनिबारको खेलमा उत्कृष्ट बनेका झापाका फागुराम थारुले नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहले सहभागिता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)