मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कोरोना संक्रमणदर २२ प्रतिशतमा झर्‍यो

nayapatrikadaily.com · Sat Feb 05 00:46:00 GMT 2022

कोरोना भाइरसको तेस्रो लहर चाँडै सकिने विज्ञहरूको अनुमान छ । संक्रमित हेरिरहेका चिकित्सकहरूले केही दिनयता ‘रिल्याक्स’ महसुस हुन थालेको बताएका छन् । तेस्रो लहर १६ पुसबाट सुरु भएको थियो । एक महिना पुगेपछि ओमिक्रोन क्रमशः ओरालो लाग्ने क्रममा छ ।

शुक्रबार ११ हजार ७३ नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा संक्रमण देखिएको छ । तर, मृत्यु हुनेको संख्या भने केही बढेको छ । पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शुक्रबार २२ प्रतिशतमा पजिटिभ देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)