मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

ratopati.com · Wed Mar 25 22:47:25 GMT 2026

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक जिम्मेवारीमै बिताइन् ।

योबिचमा जिम्मेवारीले पढ्ने रहर ओझेलमा पर्‍यो, तर त्यो रहर अन्त्य भइसकेको थिएन । उनले फेरि अध्ययन सुरु गरिन् र २०६७ सालमा एसएलसी उत्तीर्ण गरिन् । राउतको औपचारिक अध्ययनको यात्रा त्यत्तिमा रोकिएन, घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि उनले ‘प्लस टू’ मात्र होइन, गत वर्ष स्नातक (बिएड) समेत उत्तीर्ण गरेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)