मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो छ बालेनले जाँचबुझ आयोगसमक्ष दिएको बयान

barnanmedia.com · Wed Mar 25 22:42:16 GMT 2026

काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र साह (बालेन) ले भदौ २३ र २४ गतेको 'जेन–जी' आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाका लागि तत्कालीन सरकारको 'अत्यधिक बल प्रयोग' र 'आतंकवादी शैली' मुख्य जिम्मेवार रहेको दाबी गरेका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष बयान दिँदै उनले २४ गतेको दुखद घटना २३ गते सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको परिणाम भएको उल्लेख गरेका छन्।

बालेनले आयोगसमक्ष दिएको बयानअनुसार, भदौ २३ गतेको शान्तिपूर्ण र्‍यालीमा उनको समर्थन रहे पनि उनी प्रत्यक्ष आन्दोलनमा भने सहभागी थिएनन्। व्यवसायी र रेस्टुरेन्टहरूको आग्रहमा महानगर प्रहरीले पानी वितरण गरेको र स्थिति तनावपूर्ण भएको जानकारी आफूले सञ्चारमाध्यमबाट पाएको उनले बताए। उनले आफ्नो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गरेको र जनधनको रक्षाका लागि संयमता अपनाउन अपिल गरेको दाबी समेत गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)