न्युजिल्याण्ड फेरि अभागी, अस्ट्रेलियालाई पहिलोपटक टी–२० विश्वकपको उपाधि
ratopati.com
अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको छ । लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिम बनेको अस्ट्रेलियाबाट टी–२० विश्वकपको उपाधि भने टाढा रहँदै आएको थियो । यसअघि सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो । तर यसपटक भने न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य १८.५ ओभरमा पछ्याउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
अस्ट्रेलियालाई जीत दिलाउन मिचेल मार्सले नटआउट रहँदै ७७ रनको महत्त्वपूर्ण पारी खेले । कप्तान एरोन फिन्चलाई तेस्रो ओभरमा गुमाए पनि वार्नर र मार्सले टोली सम्हालेका थिए । बोल्टको बलमा बोल्ड हुन अघि वार्नरले मात्र ३८ बलमा ५३ रन बनाए । ग्लेन म्याक्सवेलले नटआउट रहँदै २८ रनको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)