मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रभावशाली क्रिकेटर जेम्स एन्डर्सनले १० वर्षपछि पुनः टी-२० आइपिएल खेल्ने तयारीमा एन्डर्सन

barnanmedia.com · Wed Nov 06 22:26:34 UTC 2024

इंग्ल्याण्डका प्रभावशाली क्रिकेटर जेम्स एन्डर्सनले १० वर्षपछि पुनः टी-२० क्रिकेट खेल्ने हुनुभएको छ । उहाँले विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) मार्फत् टी-२० प्रतियोगितामा फर्कने योजना बनाउनुभएको हो ।

आफ्नो समयका चर्चित तीव्र गतिका बलर एन्डर्सनले आगामी आइपिएलका लागि मेगा अक्सनमा नाम दर्ता गराउनुभएको छ । उहाँ हाल ४२ वर्ष पुग्नुभएको छ । एन्डर्सन इंग्ल्याण्डको राष्ट्रिय टोलीका पूर्वखेलाडी हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्याण्डको थुप्रै महत्वपूर्ण सफलताको सारथि पनि हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)