मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा लडाकु विमान दुर्घटना

barnanmedia.com · Wed Apr 02 21:56:54 GMT 2025

भारतको गुजरातमा जामनगरनजिक बुधबार राति एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। यो घटना कलावड रोडको सुवर्दा गाउँ नजिकै भएको हो। दुर्घटनास्थलबाट आगो र धुवाँको मुस्लो देखिएको छ।

दुर्घटनास्थलमा गाउँलेहरू पुगेका छन् । हालसम्म विमानमा कति जना पाइलट थिए र कस्तो प्रकारको विमान थियो भन्ने बारेमा जानकारी खुलाइएको छैन। समाचार एजेन्सी एएनआईले सैनिक स्रोतलाई उद्धृत गर्दै यो ज्यागुअर लडाकु विमान भएको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)