भाई-बहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व
barnanmedia.com · Wed Nov 06 22:56:33 UTC 2024

काठमाडौँ, २२ कात्तिकः ‘बिहुली आगे बिहुली...सामा जाइछै ससुरा किछ गहनो चाही गे डिहुली’, राति अबेरसम्म यस्तै गीतले गुञ्जयमान हुने मैथिल समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेमको प्रतीकका रूपमा मनाइने सामाचकेवा पर्व बुधबारदेखि सुरु भएको छ । आज कात्तिक शुक्ल पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको यो पर्व दश दिनसम्म चल्नेछ ।
दिदीबहिनीले दाजुभाइको दीर्घायु एवम मङ्गल कामना गर्ने र एकापसमा सम्बन्ध प्रगाढ हुने धार्मिक एवम् सांस्कृतिक मान्यता रहिआएअनुसार यो पर्व मनाउने गरिन्छ भने पर्वमा माटाका कलात्मक मूर्ति बनाइने गरिन्छ । मूर्ति बनाउन भाइटीकाकै दिन माटो ल्याएर यो पर्वको शुभारम्भ गरिन्छ । छठ पर्वको खरनादेखि मूर्ति बनाउने कार्य सुरु गरी कात्तिक पूर्र्णिाको मध्यरात यो पर्व समापन गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)