मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पेरिस ओलम्पिक : गति बढाउँदै ‘गोल्डेन गर्ल’

ekantipur.com · Fri Jul 19 23:54:03 UTC 2024

काठमाडौँ — ‘गोल्डेन गर्ल’ । धाविका सन्तोषी श्रेष्ठले पाएको उपनाम हो यो । जहाँ दौडिन्छिन्, त्यहाँ स्वर्ण जितिहाल्छिन् । बिरलै मात्र होलान् देशभित्र उनले नजितेका दौड प्रतियोगिताहरू । यिनै धाविका अहिले पेरिस ओलम्पिकको तयारीमा जुटिरहेकी छन् ।

ग्रीष्मकालीन ओलम्पिकको ३३ औं संस्करण पेरिस २०२४ यही साउन ११ गतेदेखि फ्रान्समा सुरु हुँदै छ । नेपालले ६ खेलमा ७ खेलाडी सहभागी गराउँदै छ । त्यसमध्ये एथलेटिक्सबाट सन्तोषी रहेकी छन् । उनले महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । विश्वका ९५ धाविका महिला म्याराथनमा दौडँदै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)